सोमवार, जेष्ठ २, २०७९

डिजिटल बैतेश्वरको योजना लागु गर्छौ: कल्याण दाहाल


कान्तिपथ


दोलखाको बैतेश्वर गाउँपालिकामा स्थानीय निर्वाचनको लागि बनेको बाम गठबन्धनले बृहत चुनावी जनसभा सम्पन्न गरेको छ । बैतेश्वरको मैनापोखरी बजारमा सम्पन्न भएको सभामा नेकपा (माओवादी केन्द्र) का नेता, बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्का, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य शिवप्रसाद भण्डारी, माओवादी केन्द्रका जिल्ला सह-इन्चार्ज कपिल रिमाल, समाजवादीकी केन्द्रिय सदस्य चुनु खड्का, जिल्ला अध्यक्ष भिम दाहाल, संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक रामचन्द्र कार्की, गाउँपालिका अध्यक्षका उम्मेदवार लक्ष्मण खड्का, उपाध्यक्षका उम्मेदवार कल्याण दाहाल लगायतको उपस्थिति र सम्बोधन रहेको थियो ।

गाउँपालिकाका आठ वटै वडाबाट आएका बाईक, बोलेरो र गाडीको र्याली मैनापोखरीमा आएर संयुक्त र्यालीमा परिणत भएको थियो । सभामा २ हजार जनाको उपस्थिति रहेको संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक रामचन्द्र कार्कीले जानकारी दिए । सभामा विभिन्न कलाकार र सांस्कृतिक झाँकी प्रस्तुत भएको थियो ।

कार्यक्रममा बोल्दै उपाध्यक्षका उम्मेदवार कल्याण दाहालले डिजिटल बैतेश्वरको सम्भावना रहेको बताए । कृषि र सहकारी पर्यटन आफुहरुको प्रमुख कार्यक्रम रहेको बताए । दाहालले पालिकाभरमा निशुल्क इन्टरनेटको व्यवस्था मिलाईने बताए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत