दोलखाको बैतेश्वर गाउँपालिकामा स्थानीय निर्वाचनको लागि बनेको बाम गठबन्धनले बृहत चुनावी जनसभा सम्पन्न गरेको छ । बैतेश्वरको मैनापोखरी बजारमा सम्पन्न भएको सभामा नेकपा (माओवादी केन्द्र) का नेता, बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्का, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य शिवप्रसाद भण्डारी, माओवादी केन्द्रका जिल्ला सह-इन्चार्ज कपिल रिमाल, समाजवादीकी केन्द्रिय सदस्य चुनु खड्का, जिल्ला अध्यक्ष भिम दाहाल, संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक रामचन्द्र कार्की, गाउँपालिका अध्यक्षका उम्मेदवार लक्ष्मण खड्का, उपाध्यक्षका उम्मेदवार कल्याण दाहाल लगायतको उपस्थिति र सम्बोधन रहेको थियो ।
गाउँपालिकाका आठ वटै वडाबाट आएका बाईक, बोलेरो र गाडीको र्याली मैनापोखरीमा आएर संयुक्त र्यालीमा परिणत भएको थियो । सभामा २ हजार जनाको उपस्थिति रहेको संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक रामचन्द्र कार्कीले जानकारी दिए । सभामा विभिन्न कलाकार र सांस्कृतिक झाँकी प्रस्तुत भएको थियो । व्यापक वर्षात भएपनि कार्यक्रममा जनसमुदायहरुले धैर्यताका साथ् कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा बोल्दै उपाध्यक्षका उम्मेदवार लक्ष्मण खड्काले कांग्रेसका उम्मेदवार छवि लामाले डाहा र इर्ष्याले गठबन्धन विरुद्ध प्रोपोगान्डा गर्दै हिडेको बताए। खड्काले भने, ‘मैले व्यक्तिगत पहलमा यार्सामा ९० वटा घर बनाउँदा छबि लामाको मन-पेट पोलेछ, उद्धम गर्दा इर्ष्या लागेछ तर त्यस्तो हुनुपर्ने कुनै कारण छैन । कार्यक्रममा बोल्दै खड्काले सत्ता, भत्ता, गुण्डा र डण्डाको आडमा चुनाव जित्ने चाहना नराख्न चेतावनी दिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ