सोमवार, माघ २८, २०८१

सीमा नाका तीन दिन बन्द


कान्तिपथ


वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द हुनेभएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार भारतसँग सीमा जोडिएको झुलाघाट नाका सोमबारदेखि बन्द हुने भएको हो । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै वैशाख २७ गते रात्रि १२ बजेदेखि वैशाख ३० गते रात्रि १२ बजेसम्म सीमा बन्द हुनेभएको हो । 

सो अवधिमा सीमा नाकामा पूर्ण रुपमा आवतजावत बन्द गरिने उहाँले बताउनुभयो । भारतीय अधिकारीहरूसँग समन्वय गरेर नाका बन्द गर्न लागिएको हो । कुनै देशमा चुनाव हुँदा अन्तरराष्ट्रिय नियमअनुसार नै सीमा बन्द गरिन्छ । यसैबीच निर्वाचनलाई नै मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको छ ।

बैतडीका १० स्थानीय तहमा १० पालिका प्रमुख, १० उपप्रमुख, ८४ वडाध्यक्ष, र ३३६ वडा सदस्य गरी कूल ४४० पदका लागि निर्वाचन हुँदैछ ।


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत