बिहिबार, फाल्गुन १०, २०८०

चिसो भनेकै कोकाकोला, चुनाव भनेकै बैतेश्वर: मन्त्री खड्का


कान्तिपथ


नेकपा (माओवादी केन्द्र) का नेता तथा बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्काले चिसो भनेकै कोकाकोला चुनाव भनेकै बैतेश्वर भएको बताएका छन् । बैतेश्वर गाउँपालिकाको बाम गठबन्धनको चुनावी सभालाई मैनापोखरीमा सम्बोधन गर्दै खड्काले उक्त कुरा बताएका हुन् ।

आफु संघिय प्रदेश सांसद र मन्त्री भएपछि बैतेश्वरमा आफ्नो पहलमा आएका विकास योजनाको खड्काले फेहरिस्त सुनाएका थिए । आफ्नो पहलमा बनेको पुष्पलाल स्मृति भवनमा एमालेको पार्टी कार्यालय बनेको देख्दा आफु तिनछक परेको खड्काले बताए । दोलखा प्रदेश सभा ‘क’ को राजनीतिको केन्द्र मैनापोखरी भएको हुनाले बैतेश्वरको चुनावी नतिजाले समग्र दोलखाको राजनीतिको निधो गर्ने उनले बताए ।

बैतेश्वरको मैनापोखरी बजारमा सम्पन्न भएको सभामा नेकपा (माओवादी केन्द्र) का नेता, बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्का, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य शिवप्रसाद भण्डारी, माओवादी केन्द्रका जिल्ला सह-इन्चार्ज कपिल रिमाल, समाजवादीकी केन्द्रिय सदस्य चुनु खड्का, जिल्ला अध्यक्ष भिम दाहाल, संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक रामचन्द्र कार्की, गाउँपालिका अध्यक्षका उम्मेदवार लक्ष्मण खड्का, उपाध्यक्षका उम्मेदवार कल्याण दाहाल लगायतको उपस्थिति र सम्बोधन रहेको थियो ।

गाउँपालिकाका आठ वटै वडाबाट आएका बाईक, बोलेरो र गाडीको र्याली मैनापोखरीमा आएर संयुक्त र्यालीमा परिणत भएको थियो । सभामा २ हजार जनाको उपस्थिति रहेको संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक रामचन्द्र कार्कीले जानकारी दिए । सभामा विभिन्न कलाकार र सांस्कृतिक झाँकी प्रस्तुत भएको थियो । व्यापक वर्षात भएपनि कार्यक्रममा जनसमुदायहरुले धैर्यताका साथ् कार्यक्रममा सहभागी भएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत