म्यानचेष्टर सिटीले प्रिमियर लिगमा आइतबार भएको न्युकासल युनाइटेडसंगको खेलमा ५-० ले जित हात पार्दै उपाधि होड बलियो बनाएको छ ।
लिगमा अब तीन खेल बाँकी रहँदा सिटीले लिभरपुलमाथि ३ अंकको स्पष्ट अग्रता बनाउँदै शीर्ष स्थानमा उक्लेको छ ।
घरेलु मैदान एतिहाड स्टेडियममा सिटीलाई जिताउन रहिम स्टर्लिङले दुई गोल गरे । यस्तै एमरिक लापोर्टा, रोड्री र फिल फोडेनले समान एक गोल गरे ।
जितपछि सिटीले ३५ खेलबाट ८६ अंक जोडेको छ । लिभरपुलको समान खेलबाट ८३ अंङ्क छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ