बिहिबार, जेष्ठ ८, २०८२

पीएसजी बराबरीमा रोकियो


कान्तिपथ


पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग वान फुटबल गएराती भएको खेलमा बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा पीएसजी ट्रोयससँग २–२ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।

घरेलु मैदानमा खेलको छैटौं मिनेटमा मार्किन्होसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।त्यसपछि नेयमारले पेनाल्टीमा २५ औं मिनेटमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाएका थिए ।

ट्रोयसका लागि खेलको ३० औं मिनेटमा इके उग्बोले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थमा ल्याए ।​ फ्लोरिनले ४९ औं मिनेटमा गोल गर्दै ट्रोयसलाई २–२ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै च्याम्पियन पीएसजीले ३६ खेलमा ८० अंक जोडेर शीर्ष स्थानमा छ ।​ ट्रोयस ३७ अंक जोडेर १५ औं स्थानमा छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत