सोमवार, जेष्ठ ५, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • हवानाको होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

हवानाको होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो


कान्तिपथ


क्युवाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जनाइएको छ । सो सुविधान सम्पन्न होटलमा गएको शुक्रबार विस्फोट भएको थियो । त्यसमा परी आइतबार थप पाँच जनाको ज्यान गएको छ । सो समेतगरी यस विस्फोटमा परेर ज्यान जानेको संख्या ३० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उक्त दुर्घटनामा परी ज्यान जानेमा एकजना स्पेनी पर्यटक पनि परेको बताइएको छ । त्यसमा ती पर्यटकसहित ३० जनाको मृत्यु भएको राज्य सञ्चालित टेलिभिजनले आइतबार जनाएको छ । सो दुर्घटनामा परेका अरु कम्तीमा पनि ८४ जना घाइते छन् । ती घाइतेहरु पनि अधिकांश जलेका बताइएको छ ।

होटलको ग्यास चुहावटका कारण शक्तिशाली विस्फोट भएको क्युवाको राष्ट्रिय टेलिभिजनले जनाएको छ । यस दुर्घटनाको उद्धारको काम जारी रहेको पनि सो टिभीले जनाएको छ । दुर्घटनापछि भग्नावशेषमा पुरिएका मानिसहरू जीवित पाइने आशामा खोजी जारी राखिएको क्युवाली अधिकारीले बताएका छन् । तर अब भने मानिसहरुलाई जीवितै उद्धारको सम्भावना नरहेको उनीहरुको भनाई छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत