मङ्लबार, बैशाख ३०, २०८२

क्यानाडाका प्रधानमन्त्री ट्रयुडेउ युक्रेनमा


कान्तिपथ


क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रयुडेउ युक्रेन पुग्नुभएको छ । उहाँ आइतबार युक्रेन पुगेको समाचारमा जनाइएको छ । प्रधानमन्त्री ट्रयुडेउले आइतबार नै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीसँग भेटवार्ता पनि गर्नुभएको बताइएको छ ।

उहाँहरुका बीचमा युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको थियो । त्यस अवसरमा क्यानाडाले युक्रेनलाई गर्ने सहायताका बारेमा कुराकानी भएको थियो । त्यसक्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले रुसका विरुद्धमा थप नाकाबन्दीका लागि आग्रह गर्नुभएको थियो ।

साथै राष्ट्रपति जेलिन्स्किीले क्यानाडासँग युक्रेनका लागि थप सैन्य तथा अन्या मानवीय सहायता सामग्रीहरुको माग गर्नुभएको थियो । त्यस अवसरमा क्यानाडाली प्रधानमन्त्रीले युक्रेनका लागि थप सैन्य सहयोग र अन्य आर्थिक सहायतासम्बन्धी प्याकेजको पनि घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत