सोमवार, जेष्ठ ५, २०८२

पाकिस्तानका विदेशमन्त्री अमेरिका जाने


कान्तिपथ


पाकिस्तानका विदेश मन्त्री बिलावाल भुट्टो जर्दारी अमेरिका जानुहुने भएको छ । यही मे महिनाको मध्यतिर उहाँले अमेरिकाको भ्रमण गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरुले सोमबार जनाएका छन्।

कुटनीतिक श्रोतलाई उल्लेख गर्दै विभिन्न सञ्चार माध्यमहरुले लेखेको समाचारअनुसार उहाँ अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकेनको निमन्त्रणामा अमेरिका जान लाग्नु भएको हो । उहाँहरुका बीचमा केही दिन अगाडि मात्रै टेलिफोनमा कुराकानी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिका—पाकिस्तान सम्बन्धको ७५औँ बार्षिकोत्सवको अवसरमा उहाँहरुका बीचमा टेलिफोन संबाद भएको हो।

उहाँहरुले आपसी सम्बन्ध थप बलियो बनाउदै लैजाने, सहकार्यका नयाँ ढोकाहरु खोल्नेलगायतका विषयमा पनि कुरा गर्नुभएको जनाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत