नेपाल र जिम्बावे ए बीचको तीन एकदिवसीय श्रृंखलाको अन्तिम तथा तेस्रो खेलमा नेपालले जिम्बावे ए लाई ६ विकेटले पराजित गरेको छ । योसंगै नेपालले टेस्ट खेल्ने राष्ट्र जिम्बाब्वे माथि एतिहासिक सिरिज जित हात परेको छ ।
वर्षाका कारण मैदान भिजेकोले ३३ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३२.१ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाएको थियो ।
जिम्बावे ए ले आक्रमक सुरुवात गरेको थियो । इन्नोसेन्ट किया र टाडिवानासे मारुमानीले पहिलो विकेटका लागि ४।२ ओभरमै ४० रनको साझेदारी गरेका थिए । मारुमानी ३१ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए । इनोसेन्ट कियाले १४ बलमा १ चौकासहित १२ रन बनाउँदै आशिफ शेखद्ववारा क्याच आउट भए ।
पहिलो पटक नेपालको सिनियर टोलीका लागि खेलिरहेका किशोर महतोले ७ ओभरमा १ मेडन राखेर ४३ रन खर्चँदै सर्वाधिक ५ विकेट लिए । सोमपाल कामीले २ तथा दीपेन्द्र सिंह ऐरी र करण केसीले समान एक विकेट लिए ।
त्यस्तै नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८४ रनको शानदार पारि खेलेका थिए । दिपेन्द्र सिंह ऐरीले अवजित ६० रनको अर्धशतकिय इनिन्ग्स खेलेका थिए भने आसिफ शेखले २९ रन र बिनोद भण्डारीले अवजित रही २८ रन बनाएका थिए ।
बलिङ्ग तर्फ़ जिम्बाब्वेका ब्रेण्डोन माभुताले ३ विकेट हात परे भने ब्र्याड एवंसले एक विकेट लिएका थिए । २१४ रनको लक्ष्य नेपालले ३०.१ ओवरमा १७ बल अगावै प्राप्त गरेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ