बुधबार, मंसिर १४, २०७९

‘पल्पसा क्याफे’ नाटकले कमायो १० लाख


कान्तिपथ


मदन पुरस्कार विजेता नारायण वाग्लेको ‘पल्पसा क्याफे’ उपन्यासमा आधारित सोहि शिर्षकको नाटकले कोरोना महामारीयताकै उच्च कमाइ गरेको छ । सोमबार १८ औं दिनमा नाटकको अन्तिम मञ्चन सकिएको छ ।

नाटकले १० लाख रुपैयाँभन्दा बढी कमाइ गरेको जनाइएको छ । यो कमाइ पछिल्लो समय हलमा रिलिज भएका कतिपय नेपाली फिल्मको कुल कमाइभन्दा पनि उच्च हो । रिलिज भएका केही फिल्मले १० लाख पनि कमाउन सकेका छैनन् ।

दर्शकको घुइँचो बढ्न थालेपछि पछिल्ला दिनमा नाटकलाई दैनिक दुई शो मञ्चन गरिएको थियो । मण्डला नाटकघरमा नयाँ कार्यक्रमको अग्रिम बुकिङ भएकाले १८ दिनसम्म मात्र सञ्चालन गर्न पाइएको निर्देशक विमल सुवेदीले जनाएका छन् ।

चर्चित उपन्यास, नाम चलेका कलाकार र कोरोना महामारीपछि नाटक हेर्न अधैर्य दर्शकको कारण ‘पल्पसा क्याफे’ हिट भएको निर्देशक सुवेदीको भनाइ छ । सृष्टि श्रेष्ठ र विमल सुवेदीको मुख्य भूमिका रहेको नाटक ‘पल्पसा क्याफे’ नारायण वाग्लेद्वारा लिखित उपन्यासमा आधारित छ । सशस्त्र द्वन्द्वको उत्कर्षमा जीवन बाँचिरहेका पात्रहरुको मनोदशामा आधारित नाटक हेर्न उपन्यासकार वाग्ले पनि मण्डला थिएटर पुगेका थिए ।

निर्देशक सुवेदी थिएटर भिलेजले मञ्चन गर्न लागेको नयाँ नाटकको तयारीमा जुटेका छन् । जगदीश घिमिरेद्वारा लिखित छोटो कथा ‘साविती’को रिहर्सल स्थानीय चुनावपछि सुरु हुने र डेढ महिनापछि मञ्चन गर्ने उनको तयारी छ । साविती कथामार्फत लेखक घिमिरेले समाजलाई कमेन्ट गरेका मात्र छैनन्, उक्त कथा उनको जीवनको कन्फेसन पनि ठानिएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत