मङ्लबार, माघ २९, २०८१

कतारकी राजकुमारी कञ्चनजङ्गा शिखरमा


कान्तिपथ


कतारीकी राजकुमारी शेखा आश्मा अलथानी कञ्चनजङ्गाको शिखरमा पुग्ने पहिलो साउदी अरबी महिला बनेकी छन् । ८ हजार ५८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सीमाना बीचमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्गाको शिखरमा पुग्दै उनले इतिहास रचेकी हुन् ।

आफ्नो इन्स्टाग्राममा स्टाटस राख्दै शेखा आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब नागरिक हुन पाएकोमा गर्व लागेको बताएकी हुन् । उनले आफ्नो पोष्टमा लेखेकी छन् ‘’म केहि दिन विरामी परेकी थिएँ त्यसैले आँटेको हिमाल चढ्न सक्दिनकी झैं लागेको थियो । तर, जम्मा दुइ दिनमै भव्य कञ्चनजङ्घाको सफल आरोहण गर्यौं ।‘’

उनले अगाडि भनेकी छन्- हिमाल चढ्न सहज थिएन र यसले मलाइ अझै हिम्मत दिएको छ । कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो, यो हिमालको सफल आरोहणसँगै मेरो उत्साह बढेको छ र अझै उच्च शिखर चुम्ने बाटोमा अघि बढ्न प्रेरणा मिलेको छ ।’ उनले आफ्नो सफलताका पछाडी बलियो टिमको साथ र सहयोग रहेको पनि उल्लेख गरेकी छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न निर्मल पुर्जा लगायतका टीमसँग त्यसतर्फ प्रस्थान गरेकी कतारी राजकुमारी केहि समय हिमाल आरोहणमै रहने र सगरमाथा आरोहणको प्रयास गर्ने बताइएको छ । यसअघि शेखा आश्माले सगरमाथा आरोहणको प्रयास गरेकी थिइन, जुन सफल हुन सकेको थिएन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत