भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट उठेकी मेयरकी उम्मेदवार रेनु दाहालले लोकप्रिय मतका साथ जित्ने दावी गरेकी छन् ।
नेकपा माओवादीबाट यसअघि पनि एक पटक मेयर भैसकेकी रेनु दाहाललाई यसपटक भने चुनाव जित्न अलि गारो पर्ने देखिन्छ । गठबन्धनलाई भागबन्डा मिलाउन सकस हुँदा माओवादी केन्द्रलाई मेयर छाडेका कारण कांग्रेसमा असन्तुष्टि छ । कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले उनलाई चुनौती दिंदै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सत्ता गठबन्धनलाई बागीको दबाव भए संगै एमालेले राप्रपासँग गठबन्धन गरेकाले पनि गठबन्धनलाई चुनावमा सहज छैन । तर पछिल्लो समयमा आफ्नो पक्षमा कांग्रेसका नेताहरू खुल्दै गएकाले माओवादी केन्द्रकी उम्मेदवार रेनुलाई केही राहत महसुस भएको छ । भरतपुर महानगरमा विकासको राम्रा काम गरेकाले लोकप्रिय मतका साथ चुनाव जित्ने रेनुको दाबी छ ।
उनले भरतपुरमा आफूले अघि सारेका योजनाहरूलाई पूर्णता दिन आफ्नो कार्यकाल दोहोरिनुपर्ने अवस्था आएको बताउंदै स्थानीय तहमा काम गर्न चुनौती भएको र सो चुनौती रोजेको बताएकी छन्।
रेनुका अनुसार पाँचदलीय गठबन्धनको साझा उम्मेदवार र महिला भएको हिसाबले पनि उनको पक्षमा राम्रो माहोल बनेको दाबी गरेकी हुन् । आंफुले युवाको मन जितेकाले सबैको साथ र सहयोग रहनेमा विश्वास राखेको बताएकी हुन् ।
रेनुले आँफु निर्वाचित भएर आएपछि सिटी हलको काम शुरु गरेको, रिंगरोडको समग्र डीपीआर बनाएको, रंगशाला निर्माण सुरु गरेको लगायतका योजनाहरु बताउंदै जनताले उनी माथि विश्वास गर्ने आशा राखेकी छन् । खानेपानी, सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको क्षेत्रमा गरेका कामहरुलाई निरन्तरता दिंदै आफुले जितेमा भरतपुरको अझ धेरै बिकास हुने बताएकी छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ