सोमवार, जेष्ठ २, २०७९

अफगानिस्तानमा तालिवान सरकार बनेपछि नौ लाखले गुमाए जागिर


कान्तिपथ


अफगानिस्तानमा तत्कालीन तालिवान लडाकुहरूले सत्ता कब्जा गरेपछि अहिलेसम्म झण्डै नौ लाख मानिसले जागिर गुमाएका छन् । अफगानिस्तानको पुनर्निर्माणका लागि अमेरिकी विषेश निरीक्षकले दिएको जानकारी अनुसार यो तथ्याङ्क गत अगस्टदेखि अहिलेसम्मको हो ।

विषेश गरेर विगतका काम गर्दै आइरहेका महिलाहरूले अहिले काम गर्न नपाएकाले रोजगारी गुमाएकाहरूको सङ्ख्या धेरै देखिएको बताइएको छ ।

अहिले गरिबी पनि बढेको र लाखौँ मानिस भोकमरी र अभावको चपेटामा रहेको निरीक्षकको प्रतिवेदनमा उल्लेख छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का अनुसार सन् २०२१ को तेस्रो चौमासिकमा पाँच लाखले रोजगारी गुमाएका थिए । बाँकीले त्यसपछिको समयमा गुमाएका हुन ।

झण्डै चार दशकको आन्तरिक द्वन्द्वमा परेको अफगानिस्तानमा अहिले शान्ति स्थापना हुने अपेक्षा गरिएपनि असन्तुष्टि भने प्रकट भइरहेको छ । तालिवान सरकारको नीति र कार्यशैलीप्रति आन्तरिक तथा वाह्य क्षेत्रबाट असन्तुष्टि व्यक्त भइरहेको हो भने हिंसात्मक घटना पनि फेरि सुरु हुन थालेका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत