बिहिबार, जेष्ठ ८, २०८२

नेप्से परिसूचक २३ सय माथि


कान्तिपथ


मंगलबार नेप्से परिसूचक ४४ दशमलव १६ अंकले बढेर २३ सय १३ अंकमा पुगेको छ । केही समय यता लगातार घटिरहेको नेप्से परिसूचक अघिल्लो साता २२ सयमा झरेको थियो । साताको तेस्रो दिनमा आइपुग्दा सेयर कारोबार मापक नेप्से परिसूचक २३ सय नाघेको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ६७ अंकले बढेको छ । सेयर कारोबार रकम भने १ अर्ब ३५ करोडमा रोकिएको छ । दिनभर भएका २६ हजार ५६५ कारोबारबाट २२६ कम्पनीका ३३ लाख ३० हजार १५० कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँ पुगेको छ । नेप्से परिसूचक बढ्दा करिब आधा दर्जन कम्पनीहरुको सेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ ।

सबैभन्दा धेरै बढ्ने पहिलो नम्बरमा ङ्यादी ग्रुप, दोस्रो नम्बरमा बरुण हाइड्रोपावर र तेस्रो नम्बरमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर र नेशनल हाइड्रोको सेयर मूल्य १० प्रतिशत भन्दा बढीले बढेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत