सोमवार, जेष्ठ ५, २०८२

आईपीएलमा गुजरात र लखनउ भिड्दै


कान्तिपथ


इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राति गुजरात टाइटन्स र लखनउ सुपर जाएन्टस बिचको खेल हुन गैरहेको छ ।

एलएसजी विरुद्धको जितसँगै आफ्नो पहिलो आईपीएल अभियान सुरु गरेको टाइटन्सले अहिले सम्म ८ खेल मा जित हात पर्दै अंक तालिकाको दोस्रो स्थानमा छ भने लखनउ पनि समान जितका साथ् अंक तालिकाको पहिलो स्थानमा छ ।

यी दुई पक्ष दोस्रो पटक भिड्नेछन्, जसको विजेता आईपीएल २०२२ को प्लेअफमा पुग्ने पहिलो टोली बन्नेछ। सो खेल पुणे स्थित महाराष्ट्र क्रिकेट संघ स्टेडियममा हुन गैरहेको छ ।

एलएसजी लगातार चार जितको बाटोबाट आउंदै छ भने टाइटन्सले पाँच खेलको जितको सिलसिला पछि लगातार दुई खेलमा हार बेहोरेको छ र जित्ने बाटोमा फर्कन उत्सुक हुनेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत