शुक्रबार, बैशाख ७, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • अमेरिकामा एक करोड तीस लाखभन्दा बढी बालबालिकाहरू कोरोना संक्रमित

अमेरिकामा एक करोड तीस लाखभन्दा बढी बालबालिकाहरू कोरोना संक्रमित


कान्तिपथ


अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संघको पछिल्लो प्रतिवेदनअनुसार महामारीको शुरुवातदेखि संयुक्त राज्यअमेरिकामा १ करोड ३० लाखभन्दा बढी बालबालिकामा कोभिड-१९ को संक्रमण देखिएको छ। सोमबार अबेर प्रकाशित प्रतिवेदन अनुसार मे ५ सम्म सातामा ६२,००० भन्दा बढी बालबालिका सङ्क्रमित भएको पाइएको छ जुन दुई हप्ता अघिको तुलनामा करिब ६९ प्रतिशतले बढी हो।

विगत ४ हप्तामा झण्डै १८६,००० बालबालिका कोभिड-१९ बाट सङ्क्रमित भएका छन्। सन् २०२२ मा करिब ५२ लाख बालबालिकामा सङ्क्रमण थपिएको प्रतिवेदनले देखाएको छ। नयाँ भेरियन्टहरूसँग सम्बन्धित रोगको गम्भीरताका साथै सम्भावित दीर्घकालीन प्रभावहरू मूल्याङ्कन गर्न थप उमेर-विशिष्ट डेटा सङ्कलन गर्न आवश्यक रहेको विज्ञहरूले बताएका छन्।
“बालबालिकाको स्वास्थ्यमा महामारीको तत्काल प्रभावहरू छन् भनेर पहिचान गर्नु महत्त्वपूर्ण र हामीले यस पुस्ताका बालबालिका र युवाहरूको शारीरिक, मानसिक र सामाजिक सुरक्षामा दीर्घकालीन प्रभावहरू पहिचान र सम्बोधन गर्न आवश्यक छ” प्रतिवेदनमा उल्लेख गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत