बुधबार, जेष्ठ ४, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ४ प्रहरीसहित ६ जना घाइते !

सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ४ प्रहरीसहित ६ जना घाइते !


कान्तिपथ


आसन्न स्थानीय तह निर्वाचनका बिचमा प्रचार प्रसारका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा सुर्खेतमा चार प्रहरीसहित ६ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–६ ऋषि डाँडामा दुई पार्टीका कार्यकर्ताबीच गएराति झड्प भएको थियाे ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीका अनुसार नेकपा एमालेका दुई जना कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन् । झडपमा एमाले समर्थक मानिने ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका हुन्।

उनीहरुको अहिले नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ‘प्रहरीले सम्झाई बुझाई गर्दा कांग्रेसका कार्यकर्ता व्याक भए । तर एमाले कार्यकर्ताले उल्टाे प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरे । जसका कारण चार प्रहरी सामान्य घाइते भएका छन्’ डीएसपी घर्तीले बताएका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत