बुधबार, मंसिर १४, २०७९

‘अवतार-२’को टिजर २४ घण्टामा १४ करोड ८६ लाख पटक हेरियो


कान्तिपथ


सोमबार बेलुका रिलिज भएको जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’को टिजरप्रति उच्च क्रेज देखिएको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार रिलिज भएको २४ घण्टामै फिल्मको टिजरलाई १४८.६ मिलियन (१४ करोड ८६ लाख पटक) अनलाइनमा हेरिएको छ ।

डिज्ने र ट्वेन्टिथ सेन्चुरीका अनुसार चीनबाट मात्र २३ मिलियन पटक हेरिएको उल्लेख छ । ‘अवतार-२’ को अनलाइन भ्युज स्टारवार्स फिल्म ‘स्टार वार्स : द राइज अफ स्टाइवाकर’ भन्दा उच्च हो ।

‘अवतार २’को यो भ्युजमा युट्युब र अन्य सामाजिक सञ्जालको तथ्यांक उल्लेख छैन । कतिपय मुलुकमा यसैसाता रिलिज भएको ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’सँगै ‘अवतार २’को टिजर प्रदर्शन भएको थियो ।

‘अवतार २’ नेपालमा पनि पुस १ गते रिलिज गर्ने तयारी छ । सन् २००९ मा रिलिज भएको ‘अवतार’ ले विश्व बक्स अफिसमा २.८४ बिलियन डलर कमाउँदै धेरै कमाउने फिल्मको रेकर्ड राखेको थियो । सेप्टेम्बर २३ मा फिल्मको पुनः प्रदर्शन हुँदैछ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत