बुधबार, फाल्गुन ९, २०८०

इङ्लिस प्रिमियर लिगमा चेल्सीको सहज जीत


कान्तिपथ


इङ्लिस प्रिमियर लिगमा लण्डन क्लब चेल्सीले सहज जीत निकालेको छ । गएराति भएको खेलमा चेल्सीले दस खेलाडीमा समेटिएको लिड्स युनाइटेडलाई ३-० गोलले पराजित गरेको हो ।

एल्यान्ड रोडमा भएको खेलमा चेल्सीलाई जीत दिलाउन मेसन माउन्ट, क्रिस्टेन पुलिसिक र रोमेलु लुकाकुले एक/एक गोल गरे । खेलको चौथो मिनेटमै जेम्सको पासमा माउन्टले गोल गर्दै चेल्सीलाई खेलमा अगाडि बढाएका थिए । २४ औं मिनेटमा डानियल जेम्स रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि लिड्स १० खेलाडीमा समेटिएको थियो ।

५५ औं मिनेटमा माउन्टको पासमा पुलिसिकले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । यस्तै ८३ औं मिनेटमा जियचको पासमा लुकाकुले गोल गर्दै चेल्सीलाई ३-० गोलको जीत दिलाए । जीतसँगै चेल्सी ३६ खेलबाट ७० अङ्क जोड्दै तेस्रो स्थानमा यथावत छ भने पराजित लिड्स समान खेलबाट ३४ अङ्कको साथ १८ औं स्थानमा रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत