सोमवार, माघ ७, २०८१

इङ्लिस प्रिमियर लिगमा सिटीको सानदार जित


कान्तिपथ


केभिन डी ब्रुयनाको चार गोलप्रेरित म्यानचेस्टर सिटीले बुधबार राति उल्भरह्याम्पटनलाई ५–१ ले पराजित गरेको छ । जितसँगै सिटीले उपाधि प्रतिद्वन्द्वी लिभरपुललाई तीन अंकले पछाडि पारेको छ ।  डी ब्रुयनाले सातौं मिनेटमा गरेको गोलबाट सिटीले अग्रता लिएको थियो । ११औं मिनेटमा उल्भरह्याम्पटनका लियन्डर डेन्डोनकरले बराबरी गोल फर्काएका थिए । १६औं मिनेटमा दोस्रो गोल गरेका डी ब्रुयनाले २४औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । ६०औं मिनेटमा डी ब्रयनाले चौथो गोल गरेका थिए । खेल सकिन ६ मिनेट बाँकी हुँदा रहिम स्टर्लिङले पाँचौं गोल गरेका थिए । 

सिटीले गत आइतबार पनि न्युक्यासल युनाइटेडलाई ५–० ले हराएको थियो ।  लिगमा अब दुई खेल खेल्न बाँकी छ । यस्तो अवस्थामा सिटीले लिभरपुललाई तीन अंकले पछाडि छाडेको छ । त्यस्तै गोल अन्तरमा पनि लिभरपुलभन्दा सिटी ७ गोलले अगाडि छ । जसका कारण सिटीलाई बाँकी दुईमध्ये एक खेलमात्र जिते पनि लिग उपाधि जित्ने सम्भावना छ । 

लिभरपुलले मंगलबार राति एष्टन भिल्लालाई २–१ ले हराएको थियो । लिभरपुलले अब साउथह्याम्पटन र उल्भरह्याम्पटनसँग खेल्न बाँकी छ ।  सिटीले अब वेष्ट ह्याम र एष्टन भिल्लाविरुद्ध खेल्न बाँकी छ ।  सिटीलाई गएराति पुनः अर्को धक्का लागेको छ । सेन्टर रक्षक एमेरिक लापोर्टेले घुँडाको चोटका कारण मैदान छाडेका थिए । यसअघि नै सिटीका तीन रक्षक रुवेन डियाज, काइल वाल्कर र जोन स्टोन्स घाइते भएका थिए । तीनैजनाले यो सिजन गुमाउने पक्का छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत