शनिबार, चैत्र १८, २०७९

‘एकान्तमा’ म्युजिक भिडियो सार्वजनिक


कान्तिपथ


गीतकार अगम विकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दार्जिलिङको मिरिकमा छायाङ्कन भएको भिडियोमा प्रतिमा लिम्बू र मनेन्द्र गोर्खाले अभिनय गर्नुभएको छ । मेलिना राईको स्वर रहेको गीतमा नुहाङ राईको सङ्गीत र फणिन्द्र राईको ‘एरेञ्ज’ रहेको छ । ‘एकान्तमा तिम्रो यादले सताउँछ उसैगरी’, ‘छुट्यो बाटो, टुट्यो सपना’, ‘कति कति सम्झनामा ती पुराना क्षणहरु’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

म्युजिक भिडियोको निर्देशन पनि सङ्गीतकार राईले नै गर्नुभएको हो । आपसी मतभेदका कारण श्रीमान्ले घर छोडेपछि एक्लिएकी युवतीको विरह भिडियोमा देखाइएको छ । गीतकार विकरालका यसअघि पनि केही म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । रोजगारीको सिलसिलामा हाल दक्षिण कोरियमा रहेका विकरालले करिब एक दर्जन गीत रेकर्ड गराउनुभएको छ । उहाँको ‘नसम्झिने वाचासँगै’ गीत लोकप्रिय छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत