आइतवार, फाल्गुन ४, २०८१

चीन पाकिस्तान विदेशमन्त्री भेटवार्ता


कान्तिपथ


२९ बैशाख चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोबीच बुधबार भिडियोमार्फत् फोनवार्ता भएको छ । उहाँहहरुका बीचमा बुधबार भिडियो वार्ता भएको र त्यस क्रममा दुई देशबीचको सम्बन्धका विविध विषयहरुमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

त्यस अवसरमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र पाकिस्तानका बीचको सम्बन्ध अद्धितीय रहेको भन्दै यो सम्बन्ध आगामी दिनमा पनि सौहार्द रुपमा अघि बढ्ने बताउनुभएको थियो । उहाँले चीन सधैँ पाकिस्तानमा शान्ति र विकासका पक्षका साथै पाकिस्तानको सार्वभौमिकता र अखण्डताका पक्षमा रहेको सो वार्ताका क्रममा बताउनुभएको थियो ।

चिनियाँ विदेशमन्त्री बिलावल भुट्टोले आफूले पाकिस्तानको विदेश मन्त्रीका रुपमा चिनियाँ विदेशमन्त्रीसँग कुराकानी गर्न पाउँदा निकै खुसी लागेको बताउनुभएको थियो । उहाँले आफू पाकिस्तानको विदेश मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीनका विदेशमन्त्रीसँग कुराकानी गरेको पनि उल्लेख गर्नुभएको छ ।

उहाँले चीनसँग पाकिस्तानको विशेष प्रकारको सौहार्द सम्बन्ध रही आएको र आगामी दिनमा पनि यो निरन्तर रहने बताउनुभएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत