शनिबार, जेष्ठ ७, २०७९

बाग्लुङमा मतगणनास्थलको तयारी पूरा


कान्तिपथ


बागलुङमा सुरक्षित तरिकाले मतगणना गर्न मतगणनास्थलको तयारी गरिएको छ । बागलुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले सिसी क्यामेरासहित तारजालीको व्यवस्था गरी मतगणनास्थल निर्माण गरिएको जनाएका छन् ।

भोलि हुने स्थानीय तहको निर्वाचनको मतदानपछि पाकिलाले मतगणना गर्न स्थलको तयारी पूरा गरेको बागलुङका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सबै मतगणनास्थल तारबारसहित सुरक्षितसमेत बनाइएको छ ।

बागलुङको चार नगरपालिका र छ गाउँपालिकामध्ये बागलुङ नगरको मतगणना जिल्ला समन्वय समितिको सभाहल, जैमिनी नगरले १ नं वडास्थित सभाहल, गलकोट नगरको पुरानो गलकोट माध्यामिक विद्यालयको भवन, ढोपाटन नगरले बुर्तिबाङस्थित उत्तरगङ्गा माविको भवनमा तयारी गरिएको हो । यस्तै तमानखोला गाउँपालिकाको आफ्नै सभाहलमा, निसीखोला गाउँपालिकाको सभाहलमै तथा बडिगाड, ताराखोला, काठेखोला र बरेङ गाउँपालिकाले मतगणनास्थल तयारी गरिसकेको जनाएका छन् । मतगणनास्थलमा मतपत्र च्यात्ने, भीडभाड हुने लगायतका घटना नहोस भन्ने उद्देश्इले सिसी क्यामेरा र तारबारसहित सुरक्षित गरएको स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत