चिनियाँ राष्ट्रपति सी चिनफिङले फिलिपिन्स गणतन्त्रको राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा फर्डिनान्ड रोमुआल्डेज मार्कोसलाई बधाइ सन्देश पठाउनुभएको छ। सिन्ह्वा समाचार एजेन्सीका अनुसार राष्ट्रपति सीले “चीन र फिलिपिन्स समुद्र पारी एकअर्काको सहयोग गर्ने साझेदारहरू भएको बताउनु भएको छ। मे १० मा पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जूनियर भारी मतले सो पदमा विजयी हुनुभएको हो ।
राष्ट्रपति सीका अनुसार द्विपक्षीय सम्बन्ध सुदृढ भएको छ जसले दुवै देशका जनतालाई फाइदा पु-याएको छ र क्षेत्रीय शान्ति र स्थिरतामा योगदान दिएको छ । उहाँले चीन र फिलिपिन्स दुवै विकासको महत्त्वपूर्ण चरणमा रहेको र तिनीहरूको सम्बन्धले महत्त्वपूर्ण अवसरहरूको सामना गर्नुका साथै व्यापक सम्भावनाको सहकार्य लिने कुरामा जोड दिनुभयो। त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि मार्कोस जुनियरलाई बिहीबार टेलिफोन गर्दै बधाइ दिनुभएको र आफू निर्वाचित राष्ट्रपतिसँग निरन्तर काम गर्न तत्पर रहेको कुरामा जोड दिनुभएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ