आइतवार, माघ ६, २०८१

विश्व महिला बक्सिङ च्याम्पियनसिप सुरु : नेपालको खराब सुरुवात


कान्तिपथ


नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङ टर्कीको इस्तानबुलमा जारी आईबा महिला विश्व बक्सिङ च्याम्पियनसिपको पहिलो चरणमै पराजित भएकी छन् ।

मिनिमम-वेट अन्तर्गत ४६ देखि ४८ केजी मुनी तौलसमूहमा सुष्माले मंगोलियाकी जान्चिन न्याम्सुरेनसँग स्प्लिट डिसिजन (पाँचजना निर्णायकबीचको मत)का आधारमा ३–२ ले पराजित भइन् ।

पहिलो राउण्डमा कमजोर देखिएकी सुष्मा दोस्रो र तेस्रो राउण्डमा मंगोलियाली खेलाडीमाथि हावी थिइन्। तर, बराबर प्रतिस्पर्धा भएपछि निर्णायकहरुले समग्रताका आधारमा निर्णय सुनाउँदा मंगोलियाली खेलाडीको पक्ष लिए ।

विश्व च्याम्पियनसिपमा नेपालबाट चार खेलाडी सहभागी छन् । फ्लाइवेट ५० देखि ५२ केजी मुनी तौलसमूहमा नेपालकी मिनु गुरुङले बुधबार नै जापानी खेलाडी रिंका किनोशितासँग खेल्दैछिन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत