सोमवार, जेष्ठ ५, २०८२

चीनमा उड्न लागेको विमानमा आगलागी


कान्तिपथ


चीनको चोङचिङ प्रान्तमा रहेको एक विमानस्थलमा हवाईजहाजमा आगलागी भएको छ । ११३ यात्रु र ९ जना चालक दलका सदस्य बोकेको तिब्बत एयरलाइन्सको जहाजमा एक्कासी आगलागी भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

घटनामा २५ जना सामान्य घाइते भएको र बाँकी सबैलाई उद्धार गरिएको जनाइएको छ । सामान्य घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको चीनको सरकार सञ्चालित अखबार पिपुल्स डेलीले जनाएको छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा आगलागी भइरहेको विमानबाट धुवाँको कालो मुस्लो उडिरहेको देखिन्छ । त्यस्तै भिडियोमा उद्धारकर्मी तथा अग्नि नियन्त्रकहरूले विमानमा पानी हालिरहेको समेत देखिन्छ ।

तिब्बतको न्यिङ्चीका लागि उड्ने तयारीमा रहेको विमानमा चालक दलका सदस्यले ‘असामान्य’ गतिविधि भएको थाहा पाएर विमानको उडान स्थगित गरेका थिए । त्यसपछि केही बेरमा विमानमा आगलागी भएको एएफपीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत