बिहिबार, जेष्ठ ८, २०८२

निर्धक्क भइ मतदान गर्न आग्रह


कान्तिपथ



स्थानीय तह निर्वाचनमा निर्धक्क भइ मतदान गर्न जिल्ला प्रशासन कार्यालय रसुवाले आग्रह गरेको छ । स्वच्छ,निष्पक्ष र धाँधलिरहीत रुपमा निर्वाचन सम्पन्न गर्न आवश्यक सबै सुरक्षा व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जिल्लाका ५१ वटै मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ आ–आफ्ना मतदान केन्द्रबाट मतदान गर्न रसुवाली मतदातालाई म आग्रह गर्दछु ।” प्रशासनले कहीँकतै सुरक्षा चाहिएमा वा चाहिने अवस्थामा आएमा नजिकको सुरक्षा निकायसँग तुरुन्तै समन्वय गर्न आग्रह समेत गरेको छ ।

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना र जिल्लास्थित राष्ट्रिय अनुसान्धान विभागसमेत परिचालन गरिएको प्रशासनले जनाएको छ ।

नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएकाले आफ्ना परिचय खुल्ने नेपाली नागरिकता, जग्गाधनी प्रमाण पूर्जा, सवारी चालक अनुमति पत्रसमेत सक्कलै साथमा लिई मतदानस्थलमा जान मतदातालाई अनुरोध गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत