बिहिबार, जेष्ठ ८, २०८२

पोर्टो रिकोनजिकै डुङ्गा पल्टिँदा एघार जनाको मृत्यु


कान्तिपथ


बिहीबार पोर्टो रिकोको तटमा डुङ्गा पल्टिँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटना भएको यस डुङ्गामा अज्ञात संख्यामा यात्रुहरु सवार रहेका समाचारमाा जनाइएको छ । अन्य ३१ जनालाई उद्धार गरिएको अमेरिकी कोस्ट गार्डले जनाएको छ ।

३१ जना लाई जीवित उद्धार गरिएको तटीय गार्डले ट्वीटमार्फत जानकारी दिएका छन् । उद्धार गरिएका यी व्यक्तिहरुमा ११ महिला र २० पुरुष रहेका जनाइएको छ । एघार जना भने मृत्यु भएको छ । पोर्टो रिकोको डेसेचियो टापुबाट करिब १९ वर्गकिलोमिटर उत्तरमा गैरकानूनी रुपमा यात्रामा रहेको एक डुङ्गा पल्टेको जनाइएको छ । डुङ्गामा सवार धेरै मानिसहरू हाइटीका रहेका थिए ।

यो डुङ्गामा कति जना थिए भन्ने स्पष्ट छैन । दुर्घटनाको कारणलगायत सवै विषयको अनुसन्धान जारी रेहको जनाइएको छ । पोर्टो रिको एक क्यारिबियन टापु र असंगठित अमेरिकी क्षेत्र हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत