बुधबार, फाल्गुन १६, २०८०

कास्कीमा ४० प्रतिशत मत खस्यो


कान्तिपथ



स्थानीय तह निर्वाचनअन्र्तत आज कास्कीमा ११ बजेसम्म ४० प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा बिहानैदेखि अधिकांश मतदान केन्द्रमा मतदाता खचाखच लामबद्ध भएको तथा ११ बजेसम्म करिव ४० प्रतिशत मत खसेको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।

हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिँदै उहाँले निर्वाचनमा सर्वसाधारणको उत्साहपूर्ण सहभागिता रहेको बताउनुभयो । कूल ३३६ मतदान केन्द्र रहेको कास्कीका पाँच पालिकामध्ये पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ जना मतदाता छन् भने अन्नपूर्ण गाउँपालिकामा २० हजार ३४८ मतदाता छन् ।

त्यस्तै माछापुच्छ«े गाउँपालिकामा २० हजार ३१६, मादी गाउँपालिकामा १८ हजार ७८२ र रुपा गाउँपालिकामा १४ हजार ६७५ मतदाता रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत