निर्वाचन आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सकिए लगत्तै प्रक्रिया पुर्याएर मतगणना सुरु गर्ने बताएका छन् ।प्रवक्ता पौडेलले अहिलेसम्म छिटपुट घटनाबाहेक देशभर मतदान प्रक्रिया जारी रहेको भन्दै शुक्रबार १२ बजेसम्मको तथ्याङ्क अनुसार ३५ प्रतिशत मत खसेको बताएका हुन् ।
प्रवक्ता पौडेलले मतदान सकिएलगत्तै मतगणना सुरु हुने भन्दै आगामी एक साताभित्रमा सबै तहको मत परिणाम सार्वजनिक भइसक्ने जनाएका हुन् । यसअघी पनि निर्वाचन आयोगले ६ दिन भित्र गणनाको काम सम्पन्न गर्ने रणनीति बनाएको बताएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ