शुक्रबार, जेष्ठ ६, २०७९

चेन्नई आईपीएल २०२२ प्लेअफबाट बाहिरियो


कान्तिपथ


एमएस धोनीको टोली ९७ रनमा अलआउट भएपछि मुम्बईले चेन्नई सुपरकिंग्सलाई पाँच विकेटले पराजित गरेको छ। यो हारसँगै २०२१ को च्याम्पियन चेन्नई सुपर किंग्सको टोली आईपीएल २०२२ को प्लेअफबाट बाहिरिएको छ ।

आईपीएल २०२२ मा मुम्बईको यो तेस्रो जित हो भने चेन्नईको आठौँ हार हो। दुवै टोलीले १२ खेल खेलिसकेका छन् । मुम्बई यसअघि नै प्लेअफको दौडबाट बाहिर भइसकेको छ । अब दुवै टोलीले थप दुई खेल खेल्नुपर्नेछ । आईपीएलको इतिहासमा मुम्बई र चेन्नईको कुनै पनि टोली प्लेअफमा पुग्न नसकेको यो पहिलो पटक हो ।

जवाफमा मुम्बईको सुरुवात पनि राम्रो भएन । चेन्नईका लागि मुकेश चौधरी र सिमरजीत सिंहले ओपनिङ गरे । उनले मुम्बईका प्रारम्भिक खेलाडीलाई स्थिर हुन दिएनन् र ३२ रन नपुगेसम्म उनका चार खेलाडी पभिलियन फर्किएका थिए ।

तर, यसपछि युवा ब्याट्सम्यान तिलक वर्मा र ऋतिक शोकिनले पाँचौँ विकेटका लागि ४८ रनको साझेदारी गरेपछि मुम्बई आफ्नो नाक जोगाउन सफल भएको थियो । शौकीनले १८ रन बनाएका थिए भने तिलक वर्माले अविजित ३४ रन बनाएका हुन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत