जिल्लाका छ पालिकामध्ये चार पालिकामा मतगणना सुरु भएको छ भने दुई पालिकामा सुरु गर्ने तयारी गरिएको छ । ललितपुर महानगरपालिकामा ७ बजेदेखि सर्वदलीय बैठक सुरु भएको छ । सो बैठक सकेर मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरेले जानकारी दिनुभयो । गोदावरी नगरपालिकामा गएराति १ बजेदेखि मतगणना सुरु भएको थियो । जिल्लाका दक्षिणी भेगमा पर्ने बागमती , कोञ्जेसोम र महाङ्काल गाउँपालिकामा गएराति अबेरदेखि नै मतगणना सुरु भएको बताइएको छ । महालक्ष्मी नगरपालिकामा आज ११ बजेदेखि मात्रै गणना सुरु हुने भएको छ । राति बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ