बिहिबार, जेष्ठ ८, २०८२

सल्यानका सात स्थानीय तहको मतगणना जारी


कान्तिपथ



जिल्लाका सात स्थानीय तहका मत गणना जारी छ । बाँकी तीन तहमा मतगणना सुरु गर्नेगरी तयारी भइरहेको छ । अहिलेसम्म शारदा नगरपालिका सहित दार्मा , सिद्धकुमाख, कुमाख, छत्रेश्वरी, त्रिवेणी र कपुरकोट गाउँपालिकामा मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

बाँकी बनगाड कुपिण्डे र बागचौर नगरपालिका र कालीमाटी गाउँपालिकामा मतगणना सुरु गर्नेगरी तयारी भइरहेको छ । हालसम्मको मतगणनाअनुसार नेपाली कांग्रेसले शारदा नगरपालिका सहित दार्मा र सिद्ध कुमाख र कुमाख गाउँपालिकामा अग्रता लिएको छ । एमालेले त्रिवेणी गाउँपालिाका, माओवादी केन्द्रले छत्रेश्वरी गाउँपालिका र समाजवादीले कपुरकोट गाउँपालिकामा प्रारम्भिक नतिजामा अग्रता लिएका छन् ।

जिल्लामा नेपाली कांग्रेसले एकल उम्मेदवारी दिएको छ भने माओवादी र समाजवादीको गठबन्धन रहेको छ । जिल्लामा एक लाख ५७ हजार १५७ मतदाता रहेकामा एक लाख आठ हजार ८१२ अर्थात् ६८ दशमलव ९९ प्रतिशत मत खसेको निर्वाचन कार्यालयका सूचना अधिकारी प्रवीन चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको र केही स्थानीय तहमा मतपेटीका गणनास्थलसम्म ल्याउन ढिला भएकाले अहिले मतगणना सुरु गरिएको जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत