रोल्पाको थवाङ गाउँपालिका वडा नं ५ मा माओवादीको प्यानल पूर्ण रुपमा विजयी भएको छ।
काङ्ग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगरले ले ३९५ मत ल्याउदै पुरै प्यानल सहित विजयी भएका हुन् । काङ्ग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लुकमन रोकाले २९१ मत प्राप्त गरे छन् ।