दाङको तुलसीपुर उपमहानगरपालिकाका उपमेयर पदका स्वतन्त्र उम्मेदवार सुशील गन्धर्व खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका छन् ।
तुलसीपुर-४ स्थित उम्मेदवार गन्धर्वकै घर नजिकै दुईपक्षबीच झडप भएको हो । दिउँसो मतदान स्थलमा गन्दर्भका छोरा सुमन र केही युवाहरुबीच चुनावी प्रचार प्रसारको विषयलाई लिएर विवाद भएको थियो । निर्वाचनकै दिन शुक्रबार राति साढे ९ बजेतिर छोरा सुमनलाई ती युवाहरुले पिट्न थालेपछि त्यसको प्रतिकारका लागि गन्धर्व खुकुरी सहित गएका थिए । खुकुरी प्रहारबाट अन्य चार जना घाइते भएका छन् ।
दिउँसो निर्वाचनमा सामान्य विवाद भएको, पूजाको बेलामा मदिरा सेवन गरेपछि विवाद हुँदा झडप भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ