आइतवार, बैशाख २७, २०८३

उदयपुरको लिम्चुङबुङका २ वडामा गठबन्धनका उम्मेदवार विजयी


कान्तिपथ


उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका दुईवटा वडा ४ र ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवारले जित हासिल गरेका छन् ।

वडा नम्बर ४ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार छत्र राई विजयी भएका छन् भने वडा नम्बर ५ मा गठबन्धनकै तर्फबाट कांग्रेसका उम्मेदवार कविचन्द्र राई (वसन्त) विजयी भएका छन् । ४ नम्बर वडामा जसपाले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग तालमेल गरेको थियो । राईले खसेको ९८७ मतमध्ये ४२८ मत प्राप्त गरे ।

यसैगरी वडा नम्बर ५ मा गठबन्धनकै तर्फबाट कांग्रेसका उम्मेदवार कविचन्द्र राई (वसन्त) खसेको ८५५ मतमध्ये ३०४ मत प्राप्त गरी  विजयी भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत