बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डेले फराकिलो मत अग्रता लिरहेका छन् ।
सत्ता गठबन्धनको तर्फबाट मेयरका लागि उम्मेदवार भएका पाण्डेले १४ सय मत गणना भइसक्दा पाण्डेले ६०३ मत पाएका छन् । उनलाई पछ्याईरहेका राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत पाएका छन् । एमालेका उम्मेदवार बाबुराम भट्टराईको २३९ मतका साथ तेश्रोमा छन् । बुटवल महानगरमा यसअघि एमालेको पोल्टामा थियो ।
उपप्रमुखमा राप्रपाका भगवती पाण्डेले ३१९ मत पाएकी छन् भने उनलाई पछ्याएकी एमालेकी सावित्रा अर्यालको २९४ मत छ । पाण्डेले अग्रता कायम गरेकी हुन् ।
गठबन्धनका तर्फबाट उपमयेरका उम्मेदवार बनेका चिनबहादुर गुरुङले २४३ मत पाएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ