मङ्लबार, जेष्ठ ३, २०७९

धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता


कान्तिपथ


धरान उपमहानगरपालिकामा तीन हजार ५०० मत गणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवार किशोर राई अग्रस्थानमा हुनुहुन्छ । पछिल्लो मत परिणामअनुसार उहाँले एक हजार ३४० प्राप्त गर्नुभएको छ । स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ९२२ प्राप्त गरेका गर्नुभएको छ ।

नेकपा (एमाले)की मञ्जु भण्डारीले ७०६ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का आइन्द्रविक्रम बेघाले एक हजार ४२९ र एमालेका पदम लिम्बूले ८४४ मत प्राप्त गर्नुभएको छ । हाल वडा नं १, २ र ३ को मत गणना जारी छ । यी बजार क्षेत्र कांग्रेसको पकट क्षेत्र मानिन्छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा १ र २ कांग्रेस र ३ मा एमालेले विजयी गरेको वडा हुन् ।

धरान २ मा एमालेका राई विजयीधरान –२ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार रमेश राईले ६९५ मत विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका सुधीरसिंह लिम्बूले ६२३ मत प्राप्त गर्नुभएको छ । अन्य सदस्यमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् । २ नं वडामा २०७४ को निर्वाचनमा कांग्रेसले विजय हासिल गरेको थियो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत