सोमवार, जेष्ठ २, २०७९

खार्पुनाथमा कांग्रेसका रावल पुनः विजयी


कान्तिपथ


खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँले एक हजार आठ सय १० मत ल्याउनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याउनुभएको छ ।

यसैगरी उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का ज्ञानबहादुर सिंहले एक हजार ८७२ मत विजयी हुुनुभएका छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५० मत ल्याउनुभएको थियो ।यस्तै खार्पुनाथका पाँचवटै वडामा पनि गठबन्धन निर्वाचित भएको छ । कांग्रेस–माओवादी गठबन्धनअनुसार वडा नम्बर १ मा कांग्रेसका जयबहादुर शाही (४६९), वडा नम्बर २ मा कांग्रेसका चन्द्र रावल (२६०), वडा नम्बर ३ मा माओवादीका च्याँगा बोहरा (२७१), वडा नम्बर ४ मा कांग्रेसका रङ्गमति शाही (निर्विरोध) र वडा नम्बर ५ मा कांग्रेसका भरतजङ्ग शाही (४९२) मत ल्याएर निर्वाचित भएका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत