मङ्लबार, माघ २९, २०८१

पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै


कान्तिपथ


पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ । मतगणनामा भएको एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत पाउनुभएको छ भने नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ५८३ मत पाउनुभएको छ ।

त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांगे्रसका कोपिला रानाभाटले ७१६ मत प्राप्त गर्नुभएको छ भने एमालेका मञ्जुदेवी गुरुङले ५८३ मत प्राप्त गर्नुभएको छ । महानगरमा वडा नं १, २ र १२ को मतगणना भइरहेको छ । कास्कीको माछापुच्छ«े गाउँपालिकाको वडा नं १ मा गठबन्धन विजय भएको छ ने २, ३ र ४ मा कांगे्रसको प्यानल र वडा नं ५ मा वडाध्यक्ष तथा एक जना सदस्य कांगे्रस र अन्य एमालेका उम्मेदवार विजयी बनेका छन् । माछापुच्छ«ेको अध्यक्षमा कांगे्रसका उम्मेदवार मीनबहादुर गुरुङ तीन हजार ९३० मतसहित अग्रता हासिल गर्नुभएको छ भने एमालेका विक्रम गुरुङले तीन हजार ५०६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा कांगे्रसका सीता अधिकारीले तीन हजार ५५६ मत प्राप्त गर्नुभएको छ भने एमालेका सीता तिवारीले तीन हजार २५५ मत प्राप्त गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नं १० मा कांगे्रसको प्यानल विजयी भएको छ भने वडा नं ११ मा एमालेको प्यानल विजयी भएको छ । मादी गाउँपालिकाको वडा नं १ र २ मा कांगे्रसको प्यानल विजय भएको छ । रुपा गाउँपालिकामा वडा नं १ मा कांगे्रसको प्यानल विजय भएको छ भने वडा नं २ र ३ मा एमालेको प्यानल विजय भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत