वैशाख ३० मा झडपका कारण स्थगित भएको जुम्लाको गुठचौर गाउँपालिका-३ गर्ज्याङकोटमा आज पुनः मतदान सुरु भएको छ । १००७ मतदाता भएको यो मतदान केन्द्रमा ३२० मत खसिसकेको अवस्थामा निर्वाचन स्थगित भएपछि आज पुनः मतदान गरिएको हो ।
मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दसहितको सुरक्षा टिम मतदान स्थलमा खटिएका छन् ।
मतदान सहज गर्न ठूलो मात्रामा नेपाल प्रहरी, शशस्त्र प्रहरी र बाहिरी घेरमा नेपाली सेना खटिएका हुन्। भयरहित अवस्थामा मतदान सम्पन्न हुने निर्वाचन अधिकृत शम्भु गौतमले जानकारी दिएका हुन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ