बुधबार, फाल्गुन ९, २०८०

बझाङको साइपाल अध्यक्षमा एमाले विजयी


कान्तिपथ


बझाङको साइपाल गाउँपालिकामा नेकपा (एमाले)का मानबहादुर बोहराले ६७५ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित हुनुभएको हो । गाउँपालिका उपाध्यक्षमा पनि एमालेको डोल्मा तामाङ ६७५ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसको बाटु बोहराले ६१९ मत प्राप्त गर्नुभएको हो ।
यस्तै यस पालिकाको वडा नं १ मा प्यानलसहित एमालेका नरेन्द्र धामी विजयी हुनुभएको छ । वडा नं २ मा कांग्रेसका हरिलाल बोहरा विजयी हुनुभएको छ भने वडा नं ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी हुनुभएको छ ।

त्यस्तै वडा नं ४ मा कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी हुनुभएको छ भने वडा नं ५ एमालेका जयपाल बोहरा प्यानलसहित विजयी हुनुभएको जनाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत