बिहिबार, फाल्गुन १, २०८१

चन्द्रमाको माटोमा पहिलो पटक उमारिए बिरुवा


कान्तिपथ


वैज्ञानिकहरुले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमार्न सफल भएका छन् । यो सफल परीक्षण चन्द्रमामा मानव वसोवास सम्भव बनाउने दिशामा ठूलो कदम हो ।

सन् १९६९ देखि १९७२ सम्म नासाका अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको सतहबाट ३८२ किलोग्राम माटो ल्याएका थिए । यो ३८२ किलोग्राम माटो ल्याइएको थियो । यो ३८२ किलोग्राममा चन्द्रमाका चट्टान, कोर नमूना, कंक्रिट, बालुवा र धुलो समावेश थियो ।फ्लोरिडा विश्वविद्यालयको टोलीलाई प्रयोगका लागि १ ग्राम माटो मात्रै दिइएको थियो र यसलाई दशकौँदेखि बन्द राखिएको थियो ।

अन्वेषकहरूले यस माटोमा बीउ छरेका थिए । दुई दिन पछि, बीउ अङ्कुरित भएको थियो र त्यो देखेर अनुसन्धानकर्ताहरू धेरै छक्क परेका थिए ।

फ्लोरिडा विश्वविद्यालयकी प्राध्यापक अन्ना–लिसा पलले चन्द्रमाको माटोमा उम्रिएका बोटबिरुवाको नतिजामा एक पेपरको सह–लेखन गरेकी छिन् । यो प्रयोग बारे उनी भन्छिन्, ‘हामी कत्तिको छक्क परेका थियौँ भनेर म शब्दमा वर्णन गर्न सक्दिनँ ।’

अन्ना लिसा भन्छिन्, ‘हरेक बिरुवा करिब ६ दिनसम्म एकै खालका देखिएका थिए ।’ तर, छिट्टै नै यसमा कठिनाइ उत्पन्न भए । चन्द्रमाको माटोमा उम्रिएका बिरुवाहरू कमजोर देखिन थाले र असाध्यै ढिलो विकसित हुन थाले । अन्ततः यी बिरुवाहरू मरे ।

बिरुवाहरू बिकास हुन नसकेपनि यो परीक्षणमा संलग्न व्यक्तिहरु मानव इतिहाशका लागि निकै ठूलो सफलता भएको बताउँछन् ।

यसबारे नासाका प्रमुख बिल नेल्सनले भने, ‘यो अनुसन्धान नासाको भावी मानव अन्वेषण लक्ष्यका लागि महत्त्वपूर्ण छ । किनभने हामीले भविष्यका अन्तरिक्ष यात्रीहरू चन्द्रमामा बस्न र त्यहाँ काम गर्नका लागि खाद्य स्रोतहरू विकास गर्नका लागि चन्द्रमा र मंगल ग्रहमा पाइएका स्रोत साधनको उपयोग गर्ने आवश्यकता हुनेछ ।’

‘वनस्पतिको आधारभूत विकासमा गरिएको अनुसन्धान नासाले कृषि क्षेत्रमा कसरी नयाँ आविष्कारहरू गरिरहेको छ भन्ने एउटा उदाहरण हो । यसले हामीलाई पृथ्वीमा खाद्यान्न अभाव भएका क्षेत्रहरुमा बोटबिरुवाको क्षतिलाई कसरी रोक्ने भनेर बुझ्न मद्दत गर्नेछ ।’ उनले भने ।

नासाले सन् १९७२ पछि पहिलो पटक सन् २०२५ का लागि निर्धारित एक मिसनमा मानवलाई चन्द्रमामा उतार्ने योजना बनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत