शनिबार, माघ ५, २०८१

निगमको न्यारोबडी विमान २ गते भैरहवा उड्दै


कान्तिपथ


भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका दिन सोमबार नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले काठमाडौंबाट पहिलो व्यावसायिक उडान गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गर्ने कार्यक्रममा निगमले काठमाडौंबाट भैरहवाका लागि आफ्नो न्यारोबडी विमानबाट पहिलो व्यावसायिक उडान गर्न लागेको हो।

सोमबार बुद्ध जयन्तीका दिन निगमको न्यारोबडी विमान काठमाडौंबाट बिहान ६ प्रस्थान गर्नेछ भने भैरहवाबाट ८ बजे काठमाडौं फर्किनेछ । उक्त उडानका लागि निगमले बिहीबार साँझदेखि टिकट बिक्री खुला गरिसकेको छ ।

निगमको मोबाइल एपबाट भैरहवाको टिकट ४५ सय रुपैयाँमा बिक्रीमा राखिएको छ । बिजनेस श्रेणीको टिकट दर ७ हजार रुपैयाँ छ । उद्घाटन उडानमा जाने यात्रुले एपबाट वा ट्राभल एजेन्सीबाट टिकट खरिद गर्न सक्नेछन् । १५८ सिट क्षमताको निगमको जहाजलाई एकतर्फी समय २७ मिनेट लाग्ने भनिएको छ ।

यसअघि जेठ १४ मा निगमकै वाइडबडी विमानले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमोंस्ट्रेसन उडान गरेको थियो । सन् १९५८ जुलाई ४ मा पहिलो पटक उडान सुरु भएको भैरहवाको गौतम बुद्ध आन्तरिक विमानस्थललाई करिब साढे ७ अर्ब रुपैयाँ खर्च गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको छ । सात वर्ष लगाएर यसको निर्माण हालसालै सकिएका थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत