सोमवार, जेष्ठ २, २०७९

उद्घाटनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार


कान्तिपथ


भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका लागि तयार भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान उक्त विमानस्थल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेपालको हवाइ इतिहासमा ७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन गैरहेको हो । यस विमानस्थलले यस क्षेत्रमा भविस्यमा निकै सहजता पुर्याउने आशाका साथ खुसीयाली छाएको छ ।

आठ सय बिगाहा क्षेत्रफलमा रहेको विमानस्थलमा थाइल्याण्डको एरो थाई कम्पनीको विमानले फागुन ६ देखि १० दिनसम्म यान्त्रिक परीक्षण (क्यालिब्रेशन फलाईट) गरिसकेको छ । वैशाख १५ गते नेपाल वायुसेवा निगम को ए–३३० वाइडबडी जहाज यहाँ अवतरण गरेको थियो । वाइडबडी विमानले भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेमोन्स्ट्रेसन उडान गरेको थियो ।

यस विमानस्थलको तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले ०७१ माघ १ गते शिलन्यास गरेका थिए । भोलि नेपाल वायुसेवाको पहिलो व्यावसायिक उडानबाट विमानस्थलको उद्घाटन हुनेछ । नेपाल वायुसेवा संगै कुवेतको जजिरा एयरलाइन्सले पनि भोलि बाट नियमित उडान थाल्नेछ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत