मङ्लबार, बैशाख ३०, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • काठमाडौं महानगरपालिका : अहिलेको गतिमा मतगणना हुँदा झन्डै ३४ दिन लाग्ने !

काठमाडौं महानगरपालिका : अहिलेको गतिमा मतगणना हुँदा झन्डै ३४ दिन लाग्ने !


कान्तिपथ


काठमाडौं महानगरपालिकामा मतगणना कार्य निकै सुस्त भएको चौतर्फी आलोचना भैरहेको छ । हालसम्म महानगरपालिकामा झन्डै साढे ६ हजार मतगणना भएको छ । ढिलो गतिमा मत गणना भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न किसिमका ट्रोल बनाउन तथा व्यङ्ग्य गर्न थालेका छन् ।

मतदानको भोलीपल्ट बैशाख ३१ गते बिहान ९ बजेदेखि सुरु भएको मतगणना हालसम्म २८ घण्टामा जम्मा ६ हजार ४ सय ७३ मत मात्र गणना भएको छ।

यो हिसावले एक घण्टामा २ सय २८ वटा मत गणना भएको देखिन्छ । काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार मत खसेको छ । अहिले भइरहेको दरमा मत गणना हुने हो भने खसेको कुल मत गन्न ८ सय ३५ घण्टा लाग्ने देखिन्छ, यो भनेको झन्डै ३४ दिनको समय हो ।

कूल ३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौं महानगरमा ६३ प्रतिशत मत खसेको थियो । अघिल्लो निर्वाचन २०७४ सालमा महानगरको मतगणना सम्पन्न गर्न २ साता लागेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत