बिहिबार, जेष्ठ ८, २०८२

एमालेको विरोधपछि भरतपुर महानगरको मतगणना रोकियो


कान्तिपथ


चितवनको भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । स्वस्तिक छापका विषयमा विवाद हुँदा मतगणना रोकिएको हो ।

वडा नं. २ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको एमालेका युवा नेता अस्मिन घिमिरेले बताएका छन् ।

‘पहिला सदर गरेको मतपत्र पछि श्रीमानले बदर भन्नुभयो त्यसमा हामीले आपत्ती जनायौं,’ घिमिरेले भने, ‘मुख्य निर्वाचन अधिकृत र गणक कर्मचारीले भूमिका शंकास्पद छ ।’

उनीहरुले यो विषयको टुंगो नलागेसम्म एमालेका कोही पनि प्रतिनिधि नबस्ने अडान लिएका छन् । अहिले एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने मुख्य निर्वाचन अधिकृतसँग यहि विषयमा छलफल गर्न गएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत