बुधबार, असार १५, २०७९

नेकपा एमाले : मतदान र मतगणनामा धाँधली भयो


कान्तिपथ


नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले मतदान र मतगणनाको क्रममा योजनाबद्ध धाँधली गरेको आरोप लगाएका हुन् ।

महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका साहारा लिएको छ ।’

महासचिव पोखरेलले सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको समेत उल्लेख गरेका छन् । निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा (एमाले)को विपक्षमा परिचालित भएको आरोप एमालेले लगाएको छ ।

एमाले केन्द्रीय कार्यालयले र सम्बन्धित उम्मेदवारहरुले सम्बन्धित पालिकाको निर्वाचन अधिकृत र आयोगसमक्ष दिएका निवेदन अनुसार पुनः मतदान र मतगणना गराउन एमालेले आग्रह पनि गरेको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत