बुधबार, असार १५, २०७९

मेरिङदेनमा कांग्रेसका हाङ्गाम, फक्ताङ्लुङमा माओवादीका लाबुङ विजयी


कान्तिपथ


ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्ष पदमा डम्बर हाङ्गाम निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका उहाँले दुई हजार ८६९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का केदारजङ्ग चोङ्वाङले दुई हजार ७७० मत प्राप्त गर्नुभएको छ । यसैगरी उपाध्यक्षमा नेकपा ९एकीकृत समाजवादी०का दुर्गाप्रसाद चोङ्वाङ निर्वाचित हुनुभएको छ । उहाँ दुई हजार ५९८ मतसहित विजयी हुनुभएको हो ।

यसैगरी फक्ताङलुङ गाउँपालिका अध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार नेकपा९ माओवादी केन्द्र०का राजन लिम्बू निर्वाचित हुनुभएको छ । उहाँले दुई हजार ६६० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सरोज एभेङले दुई हजार ३१२ मत प्राप्त गर्नुभएको छ । नव निर्माचित एभेङ अघिल्लो निर्वाचनमा निर्वाचित भई गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो । यसैगरी उपाध्यक्षमा कांग्रेसका रबिन साम्रा लिम्बूले दुई हजार ३५८ मत प्राप्त गर्नुभएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत